• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

२ नं प्रदेशको पहिलो तिलाठी कोइलाडी ,शत प्रतिशत बिद्यालय भर्ना घोषणा

img

राजविराज । यस बर्षको प्रदेश नं. २ कै पहिलो चोटि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई आज शत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको छ ।

स्फोन्सरशिप कार्यक्रम अन्र्तगत सेद द चिल्ड्रेन तथा सेभ द सप्तरीको सहयोगमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकास्थित गजेन्द्र नारायण सिँह चौक (जिरीया हटिया)मा आयोजिना शत प्रतिशत पुर्ण बिद्यालय घोषणा समाहरो कार्यत्रमममा ५ देखि १२ बर्ष उमेर समुहको बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा भर्ना गरि बिद्यालय भर्ना घोषणा गरिएको हो ।

सो आयोजित समाहरोमा प्रमुख अतिथि प्रदेश नं. २ का समाजिक बिकास मंन्त्री नवलकिसोर साहले दिपप्रज्जोलन गरी कार्यक्रमको बिधिवतरुपमा उद्धघाटन गर्नुभयो ।

उद्धघाटन समाहरोमा मन्त्री साहले बिद्यालयलाई दिने खाजा भाता अब बिद्यार्थीको आमाको नाममा खाता खोलेर दिनपर्ने बताउनभएको छ ।

बिद्यार्थीको नाममा दिने खाजा भाता अभिभावकले खर्च गर्ने भएकोले मधेसको जिल्ला अन्र्तगत २ नं. प्रदेशमा आमाको नाममा भाता दिनपर्नेमा उहाँले जोड दिनभयो ।

नेपाल भ्रष्टाचारको चरण सिमानामा रहेकोले बिद्यालयमा दिने खाजा भातामा पनि भ्रष्टाचारी हुना थालेको बताउदै आमाको नाममा खाता खोलेर खाजा भाता जम्मा गरेमा पढने बिद्यार्थीलाई आमामार्फ सहयोग हने उहाँले समेत बताउनभयो ।

सोही कार्यक्रममा मन्त्री साहले जारी भएको संबिधान त्रृटिपुर्ण रहेकोले संच्चयाउनु पर्ने बताउनभयो ।

साथै उहाँले मधेसी जनाताको अधिकारको लागि अहिले पनि संघर्ष जारी रहेको र बराबरीको अधिकार नदिए सम्म तराई मधेसमा आन्दोलान जारी रहने मन्त्री साहले भन्नभयो ।
कार्यक्रममा तिल्लाठी कोइलाडी गाउँपालिकास्थित कोइलाडी चौकमा बनाइएको (मधेसको मसिहा) गजेन्द्र नारायण सिँहको शालिक निर्माणका लागि रु दश लाख दिने घोषणा गर्नभयो ।

सो समाहरोमा तिलाठी कोइलाडी गउँपालिकाका वडा नं. १ देखि ८ वडा सम्मका ५ वर्ष देखि १२ बर्ष उमेर समुहका बिद्यालय बाहिर रहेका ५,९५१ जना बालबालिकाहरुलाई बिद्यालयमा भर्ना गरि शत प्रतिशत पुर्ण बिद्यालय भर्ना गरिएको आयोजित कार्यक्रममा शिक्षा बिकास समन्वय एकाईका अध्यक्ष शंकरराज लुईटेलले घोषणा गर्नेक्रममा बताउनुभयो ।

जस मध्ये बिद्यालयमा भर्ना भएका निजी तर्फ २,२७३ जना छात्रा,छात्रा र ३,६७८ जना सामुदायिक बिद्यालयका बिद्यालय बाहिर रहेका छात्र छात्राहरुलाई बिद्यालयमा भर्ना गरिएको उहाँले भन्नुभयो ।

सोही कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अन्र्तगत रहेका १७ वटा बिद्यालयमा बिद्यालय बाहिर रहेका ५ देखि १२ बर्ष उमेर समुहका बालबालिकालाई भर्ना गरि प्रदेश नं. २ कै पहिलो शत प्रतिशत बिद्यालय भर्ना घोषणा भएको सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादवले बताउनुभयो ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिँहको अध्यक्षतामा आयोजित सम्पन्न शत प्रतिश बिद्यालय भर्ना कार्यक्रममा शिक्षा बिकास समन्वय एकाई श्रोत ब्यक्ति योगेन्द्र प्रसाद यादव, वडा बाल संजालका अध्यक्ष निशा कुमारी साह, लक्ष्मी बल्भ माबि कटीका प्रअ सुर्यनारायण साह,शिक्षक उग्रकान्त झा, नेपाल पत्रकार मांहासंघ उपाध्यक्ष श्याम सुन्दर यादव, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निरन्जन यादव र सेभ द सप्तरीका अध्यक्ष धुव्र देव लगायतकाले शुभकामना मतब्य ब्यक्त गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि,बिशिष्ट अतिथि,अतिथि,गाउँपालिका अध्यक्ष लगायतकालाई समान्न तथा मायाको चिनो प्रदान गरिएको थियो ।

यस अघि छिन्नमस्ता गाउँपालिकाका केही वडालाई शत प्रतिशत बिद्यालय भर्ना घोषणा गरिएको थियो ।…

img

Share: