• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

प्रधानमन्त्री ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण :डाक्टर गोविन्द केसी

img

काठमाडौं। चिकित्सक डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

डाक्टर केसीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा डाक्टर केसीले चिकित्सा शिक्षा विधेयक लगायत सहमतिलाई मन्त्रीपरिषद्बाट निर्णय गराउन भएको ढिलाई बारे प्रधानमन्त्रीसंग जिज्ञासा राखेका थिए ।

प्रधानमन्त्रीको जवाफ भने ठोस रुपमा नआएको डाक्टर केसीले बताए ।

भेटपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आफुसंग भएको सहमति कार्यान्वयनबारे प्रधानमन्त्रीले ठोस जवाफ नदिएको दिए ।
१५ पटक सम्म सत्याग्रह गरेका डाक्टर केसीले सहमति कार्यान्वयन भएन भने १६ औ पटक पनि सत्याग्रह गर्न सक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको बताए ।

अध्यादेशमा भएका प्रावधान विपरित हुने गरी मन्त्रीपरिषद्ले गरेका निर्णय हटाउन सरकार सहमत भएपछि डाक्टर केसीले १५ औ सत्याग्रह तोडेका थिए ।

img

Share: