• img
  • img
img img img
Categories
शिक्षा

क्याम्ब्रिजको शैक्षिक मेलामा विद्यार्थीले किन सहभागी हुने ?

img

काठमाडौं । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले यहि भाद्र १ गतेबाट पूर्वाञ्चलमा क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ । क्याम्ब्रिजले भाद्र १ गते झापाको विर्तामोड, २ गते दमक र भाद्र ३ गते इटहरीमा अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ ।

कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थीलाई उनीहरुको घर आँगनमै शैक्षिक परामर्श दिनका लागि क्याम्ब्रिजले एजुकेशन फेयर आयोजना गरेको हो ।

अष्ट्रेलियन एजुकेशन फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढि उत्कृष्ट विद्यवविद्यालय र कलेजहरुको सहभागिता रहने छ । ‘एजुकेशन फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढि कलेज र विद्याविद्यालयका प्रतिनिधिबाट करियर काउन्सेलिङ संगै अष्ट्रेलियन शिक्षा प्रणाली, कलेजको शुल्क, स्कलरसिप, भाषिक योग्यता, भिसा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष जानकारी पाउने छन् ।’ क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए ।

आजकल प्रायः सबै शैक्षिक परामर्शदाताले ब्यक्तिगत र सामुहिक रुपमा एजुकेशन फेयर आयोजना गर्ने गर्दछन् । तर, क्याम्ब्रिजले मोफसलमा रहेका विद्यार्थीलाई लक्षित गरेर आयोेजना गर्ने एजुकेशन फेयर विशेष हुने गर्दछ । क्याम्ब्रिजको एजुकेशन फेयरमा विद्यार्थीले किन सहभागिता जनाउन आवश्यक्ता छ त ? ‘कतिपय फेयरले विद्यार्थीलाई विदेश जानुपर्छ भनेर प्रेरित गरिरहेको अवस्थामा हामीले फरक रुपमा विद्यार्थीको भविश्य निर्माणलाई लक्षित गरेर फेयर गर्ने गरेका छौं ।’ क्याम्ब्रिज संस्थापक निर्देशक सिंखडा भन्छन्–‘सम्बन्धित कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिले विद्यार्थीको शैक्षिक, आर्थिक, भाषिक तथा ब्यक्तिगत योग्यता हेरेर परामर्श दिने भएकोले क्याम्ब्रिजको एजुकेशन फेयरबाट विद्यार्थीले धेरै कुुरा बुझ्न पाउने छन् ।’

सन् २०११ बाट सञ्चालनमा आएको क्याम्ब्रिजले पछिल्लो समय अष्ट्रेलिया जाने विद्यार्थीका लागि परामर्श दिँदै आएको छ । राजधानीको बागबजारमा मुख्य कार्यालय रहेको क्याम्ब्रिजले देशका विभिन्न शहरमा शाखा कार्यालय समेत स्थापना गरेर विद्यार्थी अभिभावकलाई सेवा दिँदै आएको छ ।

सुरुवाती दिनहरुमा भारतका लागि काम गर्दै आइरहेको क्याम्ब्रिजले अहिले अष्ट्रेलियाका लागि फोकस गर्दै आइरहेको छ । उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको पहिलो रोजाइमा अष्ट्रेलिया परेको छ । शिक्षा मन्त्रालयका अनुसार गएको वर्ष उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थी मध्ये ६० प्रतिशत विद्यार्थी अष्ट्रेलिया गएका छन् ।

उत्कृष्ट कलेज, विश्वब्यापी शिक्षा र पढाइपछि पाइने राम्रा अवसरका कारण विद्यार्थीहरु अष्ट्रेलियन शिक्षा प्रति आकर्षित भएका हुन् ।

क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर २०१८

भाद्र १ गते विर्तामोड, स्थानः होटल हिकोला हेरिटेज

भाद्र २ गते दमक स्थानः गोर्खा डिपार्टमेन्ट स्टोर

भाद्र ३ गते इटहरी स्थानः गोर्खा डिपार्टमेन्ट स्टोर

img

Share:
Tags