• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न मुख्य अभियुक्त पक्राउ

img

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारपछि हत्या गर्ने कार्यमा संलग्न दिलीप कुमार विष्टलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका–२ उल्खाटाम स्थायी घर भएकी कक्षा ९ मा अध्ययनरत पन्तको बलात्कारपछि हत्या भएसँगै कञ्चनपुर प्रहरी र केन्द्रिय अनुसन्धान ब्युरोले संयुक्त रुपमा अनुसन्धान शुरु गरेको थियो ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो ।

‘घट्नाको मुख्य अभियुक्त दीलिप कुमार विष्ट नै भएको अनुसन्धानबाट खुलेको छ’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘घटनास्थलबाट ५० मिटरको दूरीबाट विष्टलाई पक्राउ गरेका छौं, थप अनुसन्धान भइरहेको छ ।’

सोमबार साँझ पत्रकार सम्मेलन गरेर हत्या आरोपी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले घटना घटेको २५ औं दिनमा विष्टलाई पक्राउ गरेको हो । अभियुक्त विष्ट निर्मलाको छिमेकी गाउँका स्थायी बासिन्दा हुन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी