• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने घोषणा

img

काठमाडौं । सरकारले सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने गरी यसै वर्षबाट बजेटको व्यवस्था गरिएको बताए ।

संघीय संसद विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा बोल्दै पत्रकारहरुलाई दक्ष बनाउन आवश्यक प्रशिक्षणसहितको कार्यक्रम सञ्चालन हुने गरी सञ्चारग्राम स्थापना गर्न लागिएको पनि उनले समितिलाई जानकारी दिए ।

मन्त्री बास्कोटाले नेपाल टेलिकमको सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

विराटनगर, बुटवल, नेपालगञ्जलगायतका देशका मुख्यमुख्य सहरमा पनि फोरजी सेवा सञ्चालनमा ल्याउने योजना रहेको मन्त्री बास्कोटाले सुनाए ।

img

Share: