• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

तराई मधेसका जिल्लामा धुमधामका साथ राखी पर्व मनाईदै

img

सप्तरी । प्रदेश नं.–२का बिभिन्न जिल्लामा लगाएत तराई मधेसका जिल्लामा धुमधामका साथ राखी पर्व मनाईदैछ । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको राखी पर्व तराई मधेसका जिल्लामा जनैपूर्णिमाका दिन मनाइन्छ ।

पर्वका दिन दिदी–बहिनीले दाजु–भाइलाई नाडीमा राखी बाँधिदिएका छन् । पहिला पहिला धागोको मात्रै राखी हुने गरेकोमा हिजोआज विभिन्न खाले आर्कषक राखी बजारमा आएका छन् । दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर आफ्नो रक्षाका लागि प्रतिबद्धता माग्ने चलन छ । यसबाट दिदी–बहिनी र दाजु–भाइका बीचमा प्रेमसम्बन्ध अझै बढ्छ भन्ने सामाजिक मान्यता छ ।

तराई मधेसका जिल्लाहरुमा रक्षाबन्धनको दिन दिदी बहिनीले आफ्ना दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक राखी बाँधेर पर्व हर्सोउल्लासका मनाउने चलन रहेको सप्तरीका बिमल पण्डित बताउँछन् ।

राखी बाँधेर दिदी बहिनीहरुले दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँछ भने दाजुभाइहरुले उपहार स्वरुप, गच्छेअनुसार बिभिन्न उपहारहरुको साथै गहना र नगदी दिने गर्दछन् । भाइले सधैं दिदीबहिनीहरुलाई अप्ठेरोमा सहयोग गर्ने अपेक्षा राखिन्छ ।
यसैबीच आफ्नो दिदीबहिनी नभएका र दिदीबहिनीहरु भएको ठाउँमा जान नभ्याएकाहरुले पनि विभिन्न तरिका अपनाएर राखी पर्व मनाएका छन् । विभिन्न स्थानमा सामूहिक रुपमा राखी बाँधेर पनि पर्व मनाइएको छ ।

सप्तरीको राजविराजमा रहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका ब्रम्हकुमारी दिदिबहिनीहरुले मन्त्री ,चिकित्सक, प्रहरी, आर्मी तथा विभिन्न सरकारी कार्यालय कर्मचारीहरुलाई रक्षा बन्धन बाँधेका छन् ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी