• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

बाढीले सप्तरीको झण्डै एक हजार घर डुबानमा

img

हनुमाननगर । सप्तरीको कोशी नदीमा आएको बाढीले सप्तरीको झण्डै एक हजार घर डुबानमा परेका छन् ।

कोशी नदीको किनारमा रहेको हनुमाननगर कंकालनी नगरपालिका वडा नं.–७ , १२ को जोगिनियाँदेखि रम्पुरा मलहनियाँ र तिलाठी कोइलाडी गाउँपालिकाका–३ र ४ का अधिकांश बस्ती डुबानमा परेको छन ।

अहिले उनीहरूको उद्धार गरी भारदह–कुनोली सडक खण्डमा  त्रिपालको छाना लगाई बसाइएका छन् ।

बाढीले झण्डै तीन सय बिघामा लगाइएको धान खेती डुबाएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताए । कोशी बाँधभन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् ।

बाढीले हनुमाननगर कंकालिनी नगरपालिकाको कार्यालय र लिलजा ठाकुर प्राथमिक विद्यालयसमेत डुबानमा परेको छ । सोमबार साँझ सप्तकोशीको पानीको बहाव प्रतिसेकेन्ड एक लाख ८० हजार क्यूसेक रहेको थियो ।

बाढी प्रभावित परिवारको सामान नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुरक्षित स्थानमा लैजान थालेका छन् । हनुमानगर कंकालनी नगरपालिकाले बाढीपीडितलाई त्रिपाल वितरण गर्न थालेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी