• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा

छोरीलाई शिक्षा दिने बिषयमा बक्तित्वकला

img

राजविराज । छोरीलाई दाईजो दिनुभन्दा शिक्षा दिनु बेस बिषयको बक्तित्वकला कार्यक्रम आज राजविराजको एक बिद्यालयमा सम्पन्न भएको छ ।

राजविराजस्थित म्याक्सल बोडिङ्ग स्कुलमा आयोजित कार्यक्रममा छोरीलाई दाईजो दिनुभन्दा शिक्षा दिनु पर्ने बिभिन्न बक्तहरुले जोड दिएका छन ।

छोरी शिक्षामा पछाडि परेकोले अब छोरीहरुलाई गुनस्तरीय शिक्षा दिनुपर्ने बताउदै दाइजो नदिई शिक्षा नै दिनुपर्ने उनीहरुले बताएका छन ।

राष्ट्रिय समाचार समिति(रासस)का जिल्ला प्रतिनिधि अरुण कुमार यादवको प्रमुख अतिथियमा आयोजित कार्यक्रममा सो बिद्यालयका कक्षा ५ देखि ७ सम्मका छात्र÷छानत्राहरुलाई सहभागि गराइएको थियो ।

आयोजित उक्त कार्यक्रममा निर्णयक मण्डलद्धारा छनोट गरिएको बक्तित्वकलामा म्याक्सल बोडिङ्ग स्कुलका छात्रा सेजल दास प्रथम ,दोश्रोमा दिपा यादव, तेश्रोमा बब्लु यादव र सान्तोना भने दिपका यादवले प्राप्त गरेको शिक्षक मुकेश यादवले बताउनुभयो ।

प्रथम ,द्धितिय,तेश्रो र सान्तोना प्राप्त गर्ने छात्र/छात्राहरुलाई क्रममशः शिक्षिका सोनि रजक,शिक्षक रोशन यादव,पत्रकार अरुण कुमार यादव र शिक्षक राजेश यादवले फुलमाला र अविर तथा लिड÷कापीसहित पुरस्कार बितरण गरेको अर्का शिक्षक अजय अमनले बताउनुभयो ।

कार्यक्रम भने शिक्षक अजय अमनले संचालन गर्नुभएको थियो ।

img

Share: