• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिँदा पनि कार्यान्वयन नभएको

img

सप्तरी । प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे पनि सप्तरीका राजविराज स्थित नेपाल बैंक लिमिटेड र सिर्जना फाइन्नास लि शाखा भारदहले कार्यालयले अवज्ञा गरेका छन् ।

फोटो न्यूज टुडे

संघीय सरकारले जन्माष्टमीको विदा कटौती गरे पछि गत विहीवार प्रदेश नम्वर २ को मन्त्री परिषदको बैठकले कृष्णाष्टमीको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई अवज्ञा गर्दै सप्तरीमा नेपाल बैंक लिमिटेड र भारदह शाखाका सिर्जना फाइन्नास लि.ले बैंकिङ्ग कारोबार खुल्ला राखेका छन् ।

कृष्ण जन्माष्टमीको सार्वजनिक विदालाई जिल्ला प्रशासन कार्यालय सहित सम्पूर्ण सरकारी, गैरसरकारी तथा वित्तीय संस्थाहरुले पूर्णतः पालना गरेका छन् ।

प्रदेश नम्वर २ सरकारले हिन्दूहरुको महत्वपूर्ण पर्व कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिँदा पनि कार्यान्वयन नभएकोमा जिल्ला स्थित बुद्धिजिवी एवम् नागरिक अगुवाहरुले गम्भीर आपत्ति जनाएका छन् ।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी