• img
  • img
img img img
Categories
शिक्षा

इटहरी बिषनपुरमा बालकचहरी

img

राजविराज ।सप्तरीको बिष्णुपुर गाउँपालिकामा रहेको एक बिद्यालयमा बालकचहरी सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

सेभ द सप्तरीले स्पोन्सरशिप कार्यक्रम अन्र्तगत बिष्णुपुर गाउँपालिकामा रहेको इटहरीबिष्णपुर मावि बिद्यालयमा बुधवार आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बिभिन्न बालकलबका भाइ , बहिनीले आर्थिक बर्ष २०७४ र ०७५ मा बिनियोजित बजेटमा गाउँपालिकाले गरेका सडक,बाटोघाटो,शिक्षा र स्वास्थ्य तथा कृषि र बिजुली एवम पानी क्षेत्रमा गरेका कामकाजका बिषयमा कार्यक्रममा उपस्थित सरोकाबालाहरु संग प्रश्न राखेका थिए ।

गाउँपालिका अध्यक्ष लिलमम्बर यादवको अध्यक्षतामा आयोजित उक्त सार्वजनिक सुनवाई कार्यक्रममा कबिर बालकलब,डिहवार बाबा बालकलब लालिगुराँस बालकलब, एकता बालकलब लगायतका एक दर्जन बालकलबका भाई, बहिनीहरुको सहभागिता रहेको थियो ।

सेभ द चिल्डेनको सहयोगमा संचालित कार्यक्रममा बिष्णपुर गाउँपालिका प्रशासकिय अधिकृत महेश्वर शर्मा,कृषि संयोजक सिताराम यादव, धनकटा राप्राविका प्रअ धनेश्वर प्रसाद साह, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष संजिव साह र अतिथिहरुमा स्थानिय जिवन मण्डल, बहादुर सदा, सेभ द सप्तरीका फिल्ड ओफिसर घुरण यादव र समाजिक परिचालक अरुण कुमार यादव लगायतका सहभागिता रहेको थियो ।

img

Share:
Tags