• img
  • img
img img img

img

राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँमा बालकचहरी सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ ।

सेभ द सप्तरीले स्पोन्सरशिप कार्यक्रम अन्र्तगत नगरपालिका १४ मा रहेको राष्टिय अधारभुत बिद्यालयमा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा बिभिन्न ९ वटा बालकलबका बालबालिकाहरुले आर्थिक बर्ष २०७४ र ०७५ मा बिनियोजित बजेटबाट उक्त वडामा सडक,बाटोघाटो,शिक्षा र स्वास्थ्य तथा कृषि र बिजुली एवम खानेपानी क्षेत्रमा गरेका कामकाजका बारेमा उपस्थित सरोकाबालाहरु संग बालकलबका भाई बहिनीहरुले जिगियासा राखेका थिए ।

वडा अध्यक्ष सत्यनारायण यादवको अध्यक्षतामा आयोजित उक्त सार्वजनिक सुनवाई कार्यक्रममा मा जालपा बाल कल्ब,मा सरस्वती बाल कल्ब, लागि गुराँश.बाल कल्ब र छिन्नमस्ता बालकल्ब गरि ९ वटा ..बाल कल्बका भाई, बहिनीहरुको सहभागिता रहेको थियो ।

सेभ द चिल्डेनको सहयोगमा संचालित कार्यक्रममा हनुमाननगर कंकालनी नगरपालिका १४ का स्वास्थ्य चौकीका प्रमुख डम्रेन्द्र कुमार मण्डल, राप्रावि मल्हनियाँका प्रअ गंगानन्द यादव, बिद्यालय ब्यवस्थापन समितिका डलुवाका अध्यक्ष रामकृष्ण यादव , अधारभुत बिद्यालय रम्पुराका प्रअ दुलेन्द्र झा, वडा बालसंरक्षण समितिका संचिव गोसाई साह र राप्रावि डलुवाका शिक्षक शुभ्ग कामैत , सेभ द सप्तरीका फिल्ड ओफिसर घुरण यादव तथा समाजिक परिचालक बिनिता यादव लगायतका सहभागिता रहेको थियो ।

img

Share: