• img
  • img
img img img
Categories
मनोरञ्‍जन

‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि लिउडका चर्चित नायक गोविन्दा नेपाल आएका छन् ।

img

काठमाण्डौं । नेपाल आएका बलिउडका चर्चित नायक गोविन्दा भोली काठमाण्डौमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका छन् । बिहान पौने ११ बजे नेपाल आएका गोविन्दाले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा पत्रकारसँग कुरा गर्दै नेपालबाट आफूलाई धेरै नै प्रेम मिलेको बताए ।

छोरी टिनाको साथमा नेपाल आएका गोविन्दले भने ‘मलाई जतिपनि नेपालबाट माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । यसपटक म एक अवार्ड समारोहका लागि आएको छु ।’ गोविन्दाले कला र कलाकारलाई जनताले दिने प्रेम विशेष हुने उनको भनाई थियो ।
गोविन्दाले नेपालमा रहँदा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी दर्शनका लागि जाने बताएका छन् । गोविन्दाले आफूले जीवनमा पाएको सफलताको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिने बताए । गोविन्दालाई पत्रकारले नेपाली बोल्न आग्रह गर्दा उनले भने (‘अली अली आउँछ । कस्तो छ ?’

गोविन्दाले सबैलाई आफूले प्रेम गर्ने र नेपाललाई प्रेम गर्ने भन्दै केही गल्ती भए क्षमा दिन आग्रह गरे ।

यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए। आफ्नो गज्जवको डान्स स्टाईल र कमेडीका माध्यामबाट दर्शकको मनमा राज गरेका गोविन्दा बलिउडका चर्चित अभिनेता हुन्।

img

Share:
Tags
img

ताजा अपडेट

क्याटोगरी