• img
  • img
img img img
Categories
खेलकुद शिक्षा

लैङ्गिक हिंसा मुक्त तथा रक्षा गर्ने बिभिन्न खेलका तालिम दिने निर्णय

img

भुपदेव माली भारदह । जन विकास श्रोत केन्द्र जनकपुरको आयोजना तथा हनुमाननगर कंकालिनी नगरपालिकाको आर्थिक सहयोगमा लैङ्गिक हिंसा मुक्त तथा छात्राहरु लाई रक्षा सम्बन्धी जनचतेना तथा खेल तालिम सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

नगर प्रमुख शैलेश कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वि.पि.मा.बि. भारदहका प्रा. प्रकाश गुप्ता, महाविर मा.वि.का. प्रा. डम्वर यादब , कंकालिनी मा.बि. पोर्ताहा ,रोयल सेकेण्डरी प्रिन्सिपल दिनेश यादव लगाइत सरस्वती शिशु सदन, शिशु कल्याण, इष्टर्न ई.बो स्कूल उपस्थित रहेका थिए ।

कार्यक्रमा श्रोत केन्द्रका अध्यक्ष बैद्यनाथ यादब एवं प्रशिक्षिक लक्ष्मेन्द्र यादवको उपस्थितिमा यस नगरका छात्राहरुलाई लैङ्गिक हिंसा मुक्त तथा रक्षा गर्ने बिभिन्न खेलका तालिम दिने कार्य दशैं पश्चात प्रारम्भ गर्ने निर्णय गरिएको श्रोतका अध्यक्षले जानकारी दिए ।

img

Share:
Tags