• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

लैङ्गिक हिंसा बिरुध जवाफदेहिता अभियान शुरु

img

सप्तरी । पछिल्लो समय महिला हिंसा बढ्दै गइरहेको भन्दै विभिन्न पेशा र क्षेत्रका युवा, महिलाहरूले बलात्कार र यौनजन्य अपराधविरुद्ध जवाफदेहिता अभियान सुरू गरेका छन् ।
राजविराजमा मंगलबार अभियानको आरम्भ गर्दै राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी, कानुन व्यावसायी, प्रहरी, गैससकर्मी, तेस्रो लिङ्गी, बाल क्लब, किशोरीहरुले महिला हिंसा, दुव्र्यवहार, विभेदकारी कार्यविरुद्ध एक भएर लाग्ने बताए ।
लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालको नेतृत्वमा स्थानीय महादेव मन्दिरबाट निकालिएको ¥यालीले नगर परिक्रमा पश्चात सहिद दशन चोकमा कोण सभाको आयोजना गरी अभियानको आरम्भ भएको घोषणा गरेको छ ।

तस्विर : मनोहर पोखरेल

सञ्जालका अध्यक्ष मनोहरकुमार पोखरेलले सप्तरी जिल्लामा नौ महिनाको अवधिमा दुई वर्षीया बालिकादेखि ७० वर्षीया बृद्धासमेत ४० जना बलात्कृत भएको तथ्यांक लज्जास्पद भएको भन्दै जिम्मेवारी पन्छाउने भन्दा पनि सबैले जवाफदेहिता लिनुपर्ने बताए ।

कार्यक्रमका वक्ताहरुले परम्परागत धर्म, संस्कृति, मूल्यमान्यता, सोच र चिन्तनमा आमूल परिर्वतन नभएसम्म महिलाविरुद्ध हुने सबै खाले विभेद र हिंसाको अन्त्य नहुने भन्दै मानवअधिकार संस्कृतिको विकासमा जोड दिए । राजनीतिक दललगायत नागरिक समाजमा मानवअधिकारको संस्कृतिको विकास, प्रतिबद्धता र इच्छाशक्तिमा कमी रहुञ्जेल समग्र मानवअधिकारको अवस्था नाजुक र दयनीय रहने भन्दै हिंसाविरुद्ध एकस्वरमा बोल्नु पर्ने आवश्यक्ता औल्याए ।

तस्विर : मनोहर पोखरेल

कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष अनीता देवकोटा, प्रहरी निरीक्षक सुजाता तुम्वाहाङ्गफे, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष सुनीता साह, नेपाल पत्रकार महासंघकी प्रदेश समिति सदस्य ललीता साह, अधिवक्ता मनु खनाल, बाल क्लवकी रन्जना चौधरीलगायतले राजनीतिमा भइरहेको चरम अपराधीकरण र अपराधको राजनीतिकरण बन्द गरी दण्डहीनता अन्त्य गर्नुपर्ने बताए ।

 

img

Share: