• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

कंकालिनी भगवती मन्दिरमा सर–सफाई कार्यक्रम सम्पन्न,

img

सप्तरी,भारदह । बडा दशैंको अवसरमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.१ भारदह स्थित पूर्व नेपालको चर्चित शक्ति पिठ श्री कंकालिनी भगवती मन्दिरमा सामूहिक सर–सफाई कार्यक्रम सम्पन्न भएको छ ।


इलाका प्रहरी कार्यालय भारदहका प्रमुख नरेन्द्र मरवैताको नेतृत्वको टोली र सशस्त्र प्रहरी बैस क्याम भारदहका इन्सपेक्टर कृष्ण बहादुर पोखरेलको नेतृत्वको टोली , मंदिर व्यस्थापन समितिका पदाधिकारीगण , ग्रामिणहरुको सामूहिक सहयोगमा मंदिर वरिपरि क्षेत्रहरुमा सरसफाई गरिएका छन ।

यसै विच हिजो वडा दशैं पुजालाई सफल पार्न भारदहका यूवकहरुका एक उप–समिती गठन गरि स्वामसेवक परिचालन गरिएको छ ।
पूजा गर्ने आउने भक्तजन तथा यात्रूहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्न पंडाल निर्मान, डेकोरेसन आदि व्यावस्थाहरु मिलाएका छन ।
गत बर्षको तुलनमा यस बर्ष आकर्षक प्रणाली द्वारा लाइटिङ्ग डेकोरेसन गरिएका छन ।

भक्तजनका लागी शांन्ति सुरक्षा प्रदान का निम्ति ईलाका प्रहरी कार्यालय भारदह तथा सस्शत्र प्रहरी व्यस क्याप संयुक्तरुपमा कार्य गर्ने इन्सपेक्टर पोखरेलले बताएका छन ।

कंकालिनी भगवती मन्दिर विकास समितिका सचिव लक्ष्मण मण्डलले वडा दशैं शुभकामना सहित सम्पूर्ण भक्तजनलाई अपिल गर्दे भन्नु भो कंकालिनी मन्दिरमा पुजा अर्चना गर्ने आउने सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहज र सुलभ तरिका वाट पूजा अर्चना गर्ने व्यवस्था तथा रमनिय दृश्यहरुको डेकुरेसन का साथ सेवा लागी २४ घण्टा विकास समिति तत्यपर रहने जानकारी दिनु भो । साथै ३ महिना देखि नखोलिएको दान पेटिका खोल्दा ९२ हजार रुपैया निकालेर जानकारी दिनुभो ।

मंदिरमा आज विधिपूर्वक नव रात्रका घटस्थापना अनुष्ठान पुरा गरिएको छ । आज मंदिरमा भक्तजनहरुको भिडमा बृद्धि भएका छन ।

img

Share: