• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

प्रदेशसभा मार्फत ‘प्रदेश प्रहरी विधेयक’ पारित हुने: मुख्यमन्त्री राउत

img

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ६३औं प्रहरी दिवसका अवसरमा भने चाँडै नै प्रदेशसभा मार्फत ‘प्रदेश प्रहरी विधेयक’ पारित हुने जानकारी दिएका छन्।

संविधानको भावना अनुसार नै प्रदेश प्रहरी गठनको तयारी भएको उनले बताए। ६३औं प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रहरी प्रणालीलाई पुनर्संरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यावसायिक प्रहरी संगठन बनाउनुपर्ने आवश्यकता औंल्याए।

संघीय ऐन बमोजिम नै प्रहरीको समायोजन, सहकार्य र समन्वय हुने राउतले स्पष्ट पारे।

img

Share: