• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रहरी महानिरीक्षक खनालले विजया दशमीको दोस्रो दिन प्रहरी अधिकारीहरुलाई टीका शुभ–कामना व्यक्त गरे

img

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित आफ्नो निवासमा शनिबार प्रहरी अधिकारीहरुलाई टीका लगाइदिएका छन् ।

विजया दशमीको दोस्रो दिन महानिरीक्षकले प्रहरी कर्मचारीहरुलाई टीका लगाइदिने प्रचलन अनुरुप उनले वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा प्रहरी जवानहरु, पूर्वप्रहरी कर्मचारीहरु एवं प्रहरी परिवारलाई टीका लगाइदिएका हुन् ।

टीका लगाइदिँदै प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

img

Share: