काठमाडौं । दशैँअघि पटक पटक स्थगन हुँदै आएको नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा अहिले प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।
गत असोज २२ को सचिवालय बैठकले असोज २४ का लागि तोकेको बैठक पटक पटक सरेकामा आज र भोलि आइतबार र सोमबार का लागि तय गरिएको छ।
सो बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, यही कात्तिक १२–१३ गते हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुने पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।
प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिक रुपमा व्यक्त गरेको असन्तुष्टि, मन्त्रीहरुको कार्यप्रगति, नेता वामदेव गौतमलाई उपनिर्वाचनबाट संसद्मा ल्याउनेसम्बन्धी प्रस्तावलगायत विषयमा नेकपाभित्र विवाद पैदा हुँदै आएको छ । बैठकले ती विवादका विषयमा निक्र्योल गर्ने बुझिएको छ ।
आजको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमा पनि छलफल हुने बताइएको छ । मन्त्रीहरुले सन्तोषजनक काम नगरेको गुनासो बढेपछि प्रधानमन्त्री ओलीले मन्त्री नै हेरफेर गर्ने मनस्थिती बनाएका छन्। उनले गृहमन्त्री रामबहादुर थापा बादलसहित कम्तिमा ४ जना मन्त्री फेर्ने मनस्थिती बनाएको जनाइएको छ।