• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

प्रदेश २का मुख्यमन्त्री राउतलाई चेतावनी ,प्रहरी ऐनप्रति आपत्ति प्रचण्डले भने ‘तपाईंले ओभरटेक गरे दुर्घटना हुन्छ

img

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले प्रदेश २ को सरकारले बनाएको प्रहरी ऐनप्रति आपत्ति जनाएका छन्।

पार्टीको प्रदेश २ को कार्यालय उद्घाटन गर्ने क्रममा प्रचण्डले संघीय संसदले ऐन निर्माण नगर्दै उछिनपाछिन गर्दा दुर्घटना हुने भन्दै प्रदेश सरकारलाई सचेत बनाए।

मुख्यमन्त्री लालबाबु राउतलाई चेतावनीको शैलीमा भने ‘तपाईंले ओभरटेक गरे दुर्घटना हुन्छ। दुर्घटना ननिम्त्याउँ।’ आफूले प्राप्त गरेको अधिकार गुम्ने गरी अघि बढियो भने मुर्खता हुने भन्दै प्रचण्डले सचेत गराए।

प्रदेश २ विकास निर्माणका क्रममा अघि हुने उनले बताए। प्रचण्डले भने, ‘सिमरादेखि जनकपुरसम्म रेल दौड्दै छ।’ रेल, फास्ट ट्रयाक र निजगढ विमानस्थलले प्रदेश २ को समुन्नति ल्याउने उनको दावी थियो।

‘संविधान संशोधन उपयुक्त समयमा हुनेछ,’ उनले भने, ‘मधेसी जनताका जेन्युइन मागमा सम्बोधन गरिनेछ।’ सरकारमा फोरम प्रवेश गरेको अवस्था स्मरण गर्दै प्रचण्डले जनअधिकार फोरमसँग भएको सहमतिलाई कार्यान्वयन गरिने वचन दिए। काठमाडौं निर्माणका क्रममा मधेसको पनि योगदान रहेको चर्चा गरे।

पार्टी एकीकरण नेपाल स्थिरता, पहिचान अधिकारतिर अघि बढिसकेको उनले बताए। प्रचण्डले नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशमा गरेको भ्रमणले भ्रमणले एकआपसमा ऐतिहासिक भूमिका खेलेको चर्चा गरे।

img

Share: