• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा फेरि एक बालिका बलात्कारको सिकार

img

सप्तरी । सप्तरीमा फेरि एक १४ वर्षीया बालिका बलात्कारको सिकार भएकी छिन्।

खडक नगरपालिका–९ लालपट्टिकी १४ वर्षीया बालिकालाई छिमेकी ३५ वर्षीय दिलीप कुमार दासले बलात्कार गरेको प्रहरीले जनाएको छ।

दासले सोमबार दिउँसो बालिकालाइ जबरजस्ती आफ्नै घरमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। उनलाई सोमबारै पक्राउ गरिएको छ।

बालिकाको स्वास्थ्य परिक्षण तथा उपचार भइरहेको डिएसपी भावेश रिमालले बताए।

यसअघि गत असोज २६ गते डाक्नेश्वरी नगरपालिका–२, पातोकी १४ वर्षीया बालिका आफ्नै छिमेकी युवाबाट तथा खडक नगरपालिका ८ की ७० वर्षीया वृद्धा पनि बलात्कारकोे सिकार भएका थिए।

img

Share: