सप्तरी । सप्तरी जिल्ला अदालतले बिभिन्न शीर्षकको मुद्दामा जरिवाना तोकिएपनि असुलीको अवस्था एकदमै कमजोर देखा परेको छ । पछिल्लो आर्थिक वर्षलाई हेर्ने हो भने जरिवाना लगत तोकिएपनि १० प्रतिशत पनि असुली हुन सकेको छैन् ।
आर्थिक वर्ष ०७४र ७५ मा जरिवाना लगत ४ करोड १६ लाख ७२ हजार ४ सय ७३ देखिन्छ । अर्थात् अदालतले यति जरिवाना बिभिन्न मुद्दामा तोकेपनि फछ्र्यौट ५५ लाख ३१ हजार ६ सय ९४ मात्र भएको देखिएको छ । जरिवाना तोकिएको ४ करोड ४१ लाख ४० हजार ७ सय ७९ असुली हुनै बाँकी छ ।
कैदतर्फको अवस्था पनि त्यस्तै देखिएको छ । आर्थिक वर्ष ०७४र७५ मा २ हजार ६ सय ८६ वर्ष ६ महिना ७ दिन बिभिन्न व्यक्तिहरुलाई बिभिन्न मुद्दामा कैद फैसला अदालतले गरेपनि कार्यान्वयन एकदमै कमजोर देखिएको छ । अदालतको तथ्यांकलाई हेर्ने हो भने फछ्र्यौट २०१ वर्ष ५ महिना १२ दिन मात्रै भएको छ । कैद २ हजार ४ सय ८५ वर्ष २५ दिन कार्यान्वयन गर्नै बाँकी छ ।
चालू आर्थिक वर्ष ०७५र७६ को कात्तिकसम्मको अवस्था झन् कहालीलाग्दो छ । यस अवधिमा जरिवान ४ करोड ७८ लाख १८ हजार १ सय ४० गरेकोमा फछ्र्यौट भने २ लाख ५ हजार १ सय ८१ को मात्रै भएको छ । ४ करोड ७६ लाख १२ हजार १ सय ५८ जरिवाना फछ्र्यौट हुनै बाँकी छ ।
कैदतर्फ लगत २ हजार ६ सय ६२ वर्ष २ महिना ७ दिन तोकिएकोमा १ सय ५० वर्ष १२ दिन मात्रै फछ्र्यौट भएको र २ हजार ५ सय १३ वर्ष १ महिना २५ दिन अझै बाँकी छ ।