• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

हुसेन हत्याको विरोधमा सडकमै प्रदर्शन

img

दुहवी । दुहवी नगरपालिका वडा नं ९ बस्ने मोहम्मद फिदा हुसेन बिहानको समयमा अज्ञात समूहले गोली हानी हत्या गरेका छन्। मृतक हुसेन दुहवी नगरपालिका वडा नं ९का वडा अध्यक्ष र क्षेत्र नम्बर ३ सभापति मोहम्मद मेहदी हुसेनका भाई हुन्।

एका बिहानै मर्निङ वाक गररिहेका बेला मोटरसाइकलमा सवार दुई जनाले हुसेनलाई गोली हानी फरार भएका थिए। हुसेन छताबेली स्थिति जय बाबा इँटा उद्योगका सुपरभाइजर हुन्। घटनाको नेपाली कांग्रेसले घोर भत्र्सना गर्दै घटनामा संलग्न रहेकालाई यथाशीघ्र कानुनी कठघरामा उभ्याउन माग गरेका छन्।

जिल्ला सचिव केदार भण्डारीले तत्काल सिडिओ र प्रहरी प्रमुखको सरुवा गर्न समेत सरकारसंग माग गरेका छन्। घटनाको विरूद्धमा दुई दिन देखि दुहवी बजार तनावग्रस्त बनेको थियो। स्थानीयहरूले आज दिनभर दुहवी बजारमा टायर बालेर प्रदर्शन गरेका छन्।

इटहरी देखि नेमुवा सम्म सवारी साधन सञ्चालन रौक लगाएका थिए। आक्रोशित स्थानीयले गृहमन्त्रीको राजीनामा समेत माग गरेका छन्।स्थानीयहरू दिनभर नाराबाजी सँगै बजार बन्द गराएका छन्। यथाशीघ्र हत्यारालाई नसमाते अनिश्चितकालीन बजार बन्द गर्ने र सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

यता प्रहरी प्रमुखले घटनाको तिव्र रुपमा अनुसन्धान भैरहेको प्रतिक्रिया दिएका छन्। स्थानीयहरू सिडिओ मार्फत ५वुँदे ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाएका छन्। ज्ञापनपत्रमा मृतक हुसेनलाई शहिद घोषणा, उचित क्षतिपूर्ति, परिवारको लालनपालन गर्ने कोही नभएकोले छोरा जागिर, घटनाको सहि सत्य छानबिन गरी घटनामा संलग्न रहेकाले कानुनी कारबाही आदि मागहरू सहित ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाइएको छ।

ज्ञापनपत्रमा सुनसरी क्षेत्र नं. २का प्रतिनिधि सभा सदस्य सिताराम मेहता, प्रदेश नम्बर १का विपक्षी दलका नेता राजीव कोइराला,प्रदेशसभा सदस्यहरू अगमलाल चौधरी, ज्योति सुब्बा, दुहवी नगरपालिका मेयर बेद नरायण गच्छदार, गढी गाउँ पालिकाका प्रमुख श्री प्रसाद यादव, हरिनगरा गाउँ पालिकाका प्रमुख गफार अंसारी, कोशी गाउँ पालिकाका प्रमुख एयुव अंसारी लागायतकाले हस्ताक्षर गरेका छन्।

img

Share: