• img
  • img
img img img
Categories
राष्ट्रीय समाचार

जोर-बिजोरको पहिलो दिनै जनताको बिजोग

img

काठमाण्डौं –एसिया प्यासिफिक समिटका आगन्तुकहरूको सहज आवागमनका नाममा सरकारले जोरबिजोर प्रणाली लागू गरेपछि बिहीबार काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रह्यो।

सडक चाप कम गराउन बिहीबार बिजोर नम्बरका गाडी मात्र चल्न दिइएका थिए। सार्वजनिक यातायातमा पनि यो नियम लागू थियो। गाडी संख्या नियमितभन्दा आधा घटेपछि सार्वजनिक यातायात प्रयोग गर्ने सर्वसाधारणले दु:ख पाए। मुख्य चोकहरूमा राति अबेरसम्म यात्रुको भीडभाड देखिन्थ्यो।

युनिभर्सल पिस फाउन्डेसन नामक गैरसरकारी संस्थाद्वारा आयोजित यो कार्यक्रमका लागि सरकारले बिहीबारबाट आइतबारसम्म जोरबिजोर लागू गरेको हो। गाडी नपाएर अलपत्र यात्रुहरू सरकारले विकल्प नदिई यस्तो नियम लगाएकोमा आक्रोशित थिए। सरकारले जनताको सास्तीबाट पाठ सिकेर ट्राफिक व्यवस्थापनको यो ‘आइडिया’ पुनर्विचार नगर्ने हो भने आइतबारसम्म यही दु:ख जारी रहनेछ।

सरकारले आफ्नो सुविधाका लागि लगाएको नियमबाट जनताले कसरी सास्ती पाए? हेर्नुहोस् यी तस्बिर:

img

Share: