• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

भारदहमा आयुर्वेद सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

img

रोशन झा, सप्तरी। हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदहमा दिगो स्वास्थ्यको आधार, जडिबुटी आयुर्वेद उपचारू को नारा सहित जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।
हनुमाननगर आयुर्वेद औषधालय र हनुमाननगर कंकालिनी नगरपालिका को संयुक्त प्रयासमा उक्त जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ।

हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको आयुर्वेद औषधालयमा उपलब्ध आयुर्वेदिक उपचार र औषधि को जानकारी सहित तुलसी, नीम, अदुवा, हल्दी र लहसुन जस्ता घरायसी औषधि को प्रयोग र फाईदा को बारेमा समेत जानकारी गराईएको थियो।

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह को सभाहलमा वडा अध्यक्ष श्री भिमराज मंडल को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ४० जना भन्दा बढी स्थानीय वासिन्दाले सहभागिता जनाएका थिए।

img

Share: