• img
  • img
img img img
Categories
मनोरञ्‍जन समाचार

ऋतिक संसारको सबैभन्दा ह्यान्डसम हिरो, सातौं स्थानमा सलमान

img

जहिले पनि जब दुनियाँको ह्यान्डसम व्यक्तिको कुरा आउँदा मानिसहरुको दिमागमा सबैभन्दा पहिला कुनै हलिउड एक्टरको अनुहार आउँछ । यस्तैमा बलिउडका सुपरस्टार ऋतिक रोशनले बलिउडमा मात्र नभइ हलिउडका एक्टर्सलाई समेत पछाडि छाडेका छन् ।
वर्ष २०१८ को एक लिस्टमा ऋतिक रोशनलाई एक यस्तो स्थान मिलेको छ, जुन सुनेर उनका फ्यान खुसीले झुम्नेछन् । एकपटक फेरि उनले साबित गरेका छन् कि उनी बलिउडका एकमात्र सुपरहिरो होइनन्, हलिउडका कयौं सुपरस्टारभन्दा पनि उत्कृष्ट छन् । उनी संसारकै सबैभन्दा ‘ह्यान्डसम हिरो’ घोषित भएका छन् ।
नलाई दुनियाँको सबैभन्दा ह्यान्डसम र गुड लुकिङ सेलिब्रेटीको रुपमा चुनिएको छ । टाइम्सको एक खबरका अनुसार, हालैमा साल २०१८ को सबैभन्दा ह्यान्डसम हिरोको लिस्ट रिलिज गरिएको छ । यो लिस्टमा ऋतिकले हलिउडका ब्राड पिट र टम क्रूसलाई पछाडि छाड्दै पहिलो स्थान पाएका छन् ।
ऋतिक मात्र होइन साल २०१८ को सबैभन्दा ‘ह्यान्डसम हिरो’ को लिस्टमा बलिउडको एक नाम सामेल भएको छ । बलिउडका ‘दबंग’ सलमान खान टप १० मा सातौं स्थानमा छन् । यसअघि सन् २००४ मा यूएसएको पीपुल म्यागजीनले सलमानलाई दुनियाँको सातौं सबैभन्दा ह्यान्डसम पुरुष घोषित गरेको थियो ।
img

Share:
Tags