• img
  • img
img img img
Categories
मनोरञ्‍जन

कमेडियन कपिल शर्मा टिभीमा फर्किसकेका

img

मुम्बइ। कमेडियन कपिल शर्मा टिभीमा फर्किसकेका छन् । उनले सोनी टिभीमा आफ्नो पुरानो शो ‘द कपिल शर्मा शो’लाई निरन्तरता दिएका छन् । यही बीचमा कपिलले गिन्नी चतरथसँग बिहे पनि गरे । कपिलको शोको नयाँ सिजन दर्शकले मन पराएका छन् ।

banner

यद्यपि यस पटक कपिलले आफ्नो शोको लागि ठूलो परिमाणमा पारिश्रमिक घटाएका छन् । मिडिया रिपोर्टका अनुसार कपिल अहिले एक एपिसोडको १५ लाख रुपैयाँ लिइरहेका छन् । अघिल्लो सिजनमा एक एपिसोडको लागि ६० देखि ८० लाखसम्म लिएका थिए ।

यसपटक कपिल यो शो सलमान खानसँग मिलेर बनाइरहेका छन् । अघिल्लो सिजनमा कपिलले यो शो आफैं निर्माण गरेका थिए ।

img

Share:
Tags