• img
  • img
img img img
Categories
समाचार स्वास्थ्य

आँखा उपचार केन्द्रमा आठ सय ९९ जनाको सल्यक्रिया

img

राजविराज । आँखा उपचार केन्द्रमा दैनिक आँखा जाँचका लागि बिरामी आउनेको संख्यमा बृद्धि भएको पाइएको छ ।

राजविराज नगरपालिका ९ स्थित मलेठमा रहेको सगरमाथा चौधरी आँखा लहान उप–शखा अन्र्तगत रहेको आँखा उपचार केन्द्रमा गएको सन् २०१८ सम्ममा ८ सय ९९ जनाको सल्यक्रिया गरेको अस्पतालका कार्यालय प्रमख रामकुमार झाले राससलाई बताउनभएको छ ।

सन् २०१८ को जनवरी ्देखि डिसेम्बर सम्ममा करिब ३० हजार ५,६७ जनाले आँखा जाँच गरिएकोे जानकारी दिदै २ हजार ७५८ जनामा मोतिया बिन्दु फेला परेको बताउनुभयो ।

करिब २० बैडको उक्त अस्पतालमा अहिले दैनिक १५० देखि २,०० सम्म आँखा जाँचको लागि यहाँ बिरामी आउने गरेको कार्यालय प्रमख झाले जानकारी दिनभयो ।

दई डाक्टरसहित ९ जना कर्मचारी रहेको आँखा अस्पतालमा अहिले ८० प्रतिशत नेपाली र २० प्रतिशत छिमेकी मुलक भारतबाट आँखा उपचारको लागि यहाँ बिरामीहरु आउने गरेको उहाँले बताउनभयो ।

आँखा अस्पतालमा दृष्टिदोस,नानीमा लाग्ने रोग मोतिया बिन्दु र अन्य भिटामीन ‘ए’ को कमी , अन्धोपन, आँखामा चोटपटक लागेका बिरामी आउने गरेको बताउदै यहाँ हप्ताको शक्रबार एक दिन शल्यक्रिया समेत गरिने गरेको उहाँले जानकारी दिनभयो ।

गत बर्षको तुलनामा यस बर्ष पनि आँखा उपचारमा बिरामीको संख्यामा बृद्धि हनुको साथै आँखा सल्यक्रियाको बिरामी बढेपछि यो अस्पताललाई अतिःआवश्यक तत्काल सुबिधा सम्पन्न ५० बैड(शैया)को आवश्यता रहेकोले सरकारी निकाय, स्थानिय तह तथा सरोकारबालालाई कार्यालय प्रमुखसहित स्थानियले माग गरेका छन ।

गत बर्ष पनि सन् २०१७ मा २६ हजार ४९६ जना बिरामीको आँखा उपचार गरिएको थियो भने ७ सय १३ जना बिरामीको शल्यक्रिया गरिएको थियो ।

उपचार गरेको मध्ये २ हजार ६८० जनामा मोतिया बिन्द फेला परेको कार्यालय प्रमख झाले बताउनुभयो

img

Share: