• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नगर प्रमुख द्वारा जनताको दरवार संचालन

img

भुपदेव माली ,भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वर्डा नं.–१ भारदहको भलुवा टोलमा मेयर शैलेश कुमार साह द्वारा जनताको दरवार ( जनताको गुनासो सुन्ने घर–दैलो ) कार्यक्रम सम्पन्न भएको छ । भगवती मन्दिरको प्रङ्गणमा सम्पन्न सो कार्यक्रममा वडा नं.–१का वडा अध्यक्ष भिमराज मण्डल, राजपाका क्षेत्रीय संयोजक रामचन्द्र साह सहित टोलका सयौं आम जनताहरुको उपस्थिति रहेको थियो ।

जनताको दरवारका दृश्य

जनताको हरेक समस्याहरु जनताकै घरदैलोमा पुगि बुझने र उक्त समस्याहरुलाई निराकरण गर्ने उद्देश्यले गरिएको जनताको दरवार नामक कार्यक्रममा लाई सबै जनताले सराहनीय कार्य भएको बताएका छन ।

पालेपालो प्रत्येक जनताहरु आ–आफना समस्याहरु मेयर समक्ष राख्दै गर्दा यस नगरको विकासमा सहयोग पुग्ने तथा विकास निर्माण कार्यमा सार्थकता प्रदान गरिने जनताहरुको बिश्वास भएको नेकपा का नेता चेत नारायाण यादवले बताएका छन ।

जनता दरवारले आम जनतालाई आफनो समस्याहरु नगर प्रमुख समक्ष राख्ने अवसर तथा समाजिक विकास तथा गरिएको कार्य लेखा जोखा प्रत्येक्षरुपमा नगर प्रमुख समक्ष पोख्ने सूचना दिने आत्मबल बढाउने कार्य भएको वडा अध्यक्ष भिमराज मण्डलले बताएका छन ।

img

Share: