• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

नयाँ प्रहरी इन्चार्जको परिचयात्मक कार्यक्रम

img

भारदह। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका नं.–१ स्थित इलाका प्रहरी कार्यालय भारदहको नयाँ इन्चार्जको रुपमा आएका प्रशान्त प्रसाइँले आईतबार स्थानीयहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् ।

इलाका प्रहरी कार्यालय भारदहकै प्राङ्णमा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै जनप्रतिनिधी, राजनीतिक दलका प्रतिनिधीहरु, संचारकर्मीहरु, बुद्विजिवीहरुले शान्ति सुरक्षा सुदृढ बनाउन आग्रह गरे ।

उनीहरुले खुल्ला सिमानाका कारण विगतमा अपराधिक घट्नाहरु भएकाले यसतर्फ ध्यान पुप्याउन आग्रह गर्दै यसमा आफूहरुले पनि सहयोग गर्ने बताए ।
सप्तरी जिल्लाके सिमाना समेत रहेका कोशी व्यारेजमा प्रत्येक दिन लुकी छिपी समान,मदिरा, गाँजा, ओसारपोसार गर्ने गिरोह सक्रृयरहेको जानकारी समेत स्थानियले दिएका छन ।

सहभागीहरुले भारदह बजारमा खुल्ला मदिरा र अनुमति नलिई मदिरा बेच्नेहरुको संख्या बढी रहेकाले यसतर्फ ध्यान दिन समेत आग्रह गरे ।

भारदहका वडा अध्यक्ष भीमराज मण्डलसहितको सहभागिता रहेको कार्यक्रममा प्रहरी नायव निरीक्षक प्रसाईले सबैले सहयोग गरे शान्ति सुरक्षा सुदृढ हुनुका साथै अपराधमा कमी आउने बताए ।

 

img

Share:
Tags