• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले कुटेको आरोप: सचिव झा

img

जनकपुरधाम । प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई प्रहरीले पक्राउ गरेको छ ।सचिव झाले आर्थिक मामिला तथा योजना मन्त्रालयको मन्त्री कार्यकक्षमा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरी साँझ छाडे ।
सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर साँझ रिहा गरेको हो । उनलाई गरिने कार्वाहीबारे प्रहरीले केहि जनाएको छैन् ।

तर पक्राउ परेका सचिव झाले आफूलाई आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले मुखमा कुटेको आरोप लगाए । सचिव झाले मन्त्रालयमा गरेको गालीगलौज, दिएको धम्की, कर्मचारी बोलाएर धर्ना दिने, भीडीयो बनाउन लगाएर मन्त्रीलाई बदनाम गर्न खोजेको सार्वजनिक सञ्जालमा उनले राख्न लगाएका भीडीयोबाट देखिन्छ ।

सचिव झा शनिवारदेखि नै मन्त्री यादवसित टेलिफोनमा अशिष्ट व्यवहार गरेका थिए । उनले मन्त्रीको मोबाईलमा त्यै साँझ पठाएको म्यासेजमा गल्ती भएको स्वीकारेका छन् । समय समेत नलिई जबरजस्ती कार्यकक्षमा प्रवेश गरी सचिव झा सभामुखसँगैको सोफामा बस्दा मन्त्री यामदवले नै उनलाई परिचय गराउँदै केहि बेर बाहिरि बस्न आग्रह गरे । उनी एकै छिन कार्यकक्षमा प्रवेश गरेका सचिव अत्यन्त उत्तेजित र अक्रामक देखिएका थिए ।

मन्त्री यादवको कार्यकक्षमै रहेका सर्लाही जिल्लाका राष्ट्रिय जनता पार्टी९राजपा०नेपालका साँसद उपेन्द्र महतोले भने, सचिव झा अत्यन्त उदण्ड र अशिष्ट व्यवहार गरे ।‘उनले बाहिर सपथ खाए जस्तो सत्य बोलेका होईनन्’ साँसद महतोले भने, उनी मन्त्रीसित झगडा नै गर्न गएका थिए ।

‘कार्यकक्षमा प्रदेश २ का सभामुख लगायत अन्य कयौं मानिसहरु रहेका बेला सचिवले आफ्नो मर्यादा विपरित कार्य गरे’उनले भने, अमर्यादित कृयाकलाप गर्न थालेपछि प्रहरीलाई जानकारी गराईएको हो ।

सचिव झाले छनौट गरी सार्वजनिक गरेको संस्थाहरुमा प्रदेश २ बाहिरका प्रशस्त रहेको र स्थानीयलाई प्राथमिकतामा नराखेको आरोप विभिन्न संघसंस्थाहरुले लगाउँदै आएका छन् ।उनीहरुले आर्थिक चलखेलको अधारमा एनजीओ छनौट गरिएको उजुरी वन मन्त्री समक्ष दिएका छन् ।

सचिव झा असोज महिनामा प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गण्डकी प्रदेशबाट सरुवा भएर आएका हुन् ।त्यहाँ वन मन्त्रीसित अभद्र व्यवहारगर्दा कुटपिट गरिएको थियो । सचिव झाको व्यवहार असन्तुलित रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृतहरु मन्त्री समक्ष गुनासो गर्न थालेका छन् ।

यस सम्बन्धमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवसित सम्पर्क गर्दा उनले घटनाबारे समान्य जानकारी आएको जनाउँदै गृह जिल्ला सर्लाहीमा शनिवारदेखि नै रहेकाले पूर्ण जानकारी हुन नसकेको बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले सचिव झाको घाउखत जनकपुर अञ्चल अस्पतालमा जाँच गराईएको जनाए ।‘मन्त्री र सचिवबीच विवाद भएको हो’ उनले भने, यस सम्बन्धमा प्रदेश सरकारले केहि गरिरहेको हुन सक्छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतका कर्मचारीहरुको संयुक्त बैठकले घटनाको भत्सर्नागर्दै न्याययिक छानविन गर्न माग गरेका छन् ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको छ ।समितिमा मुख्यमन्त्री कार्यालयका सचिव र कानुन मन्त्रालयका सचिव सदस्य छन् ।
समितिले चाँडै छानविन गर्ने बताईएको छ ।‘घटनाको छानविनका लागि समिति बनाईएको छ ’प्रदेशका मुख्य सचिव दिपक सुवेदीले भने, समितिको प्रतिवेदन आएपछि सरकारले अगामी कदम बढाउछ ।

सचिवले अराजक गतिबिधि गरिरहेको साक्षी बनेका सभामुख सरोज कुमार राय , प्रदेश सभासदस्य उपेन्द्र महतो लगायतले सचिवको कृयाकलाप निन्दनीय रहेको बताएका छन् ।‘घटना अत्यन्त दुर्भाग्यपूर्ण हो’साँसद महतोले भने,समितिले घटनाको छानविन गर्नेछ । सचिवहरुले आफ्नो पद र मर्यादा बाहिर जान नहुने उनको सुझाव छ ।सम्भार जनकपुरटुडे

img

Share: