भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.–१ भारदह कोशी कौलनी स्थित भारतको ७०औं गणतन्त्र दिवश अवसरमा झण्डा तौल्लन गरिएको छ ।
कोशी प्रोजेक्ट भारदह डिभिजनका कार्यपाल अभियन्ता अरुण कुमार, एस.डि.ओ. बिद्याशंकर बर्मा लगाइत अन्य पदाधिकारीहरु र नेपालको तर्फवाट जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एस.पि. राजेन्द्र बिष्ट सशस्त्र बलका एस. पि. बम थापा लगाइत इलाका प्रहरी कार्यालय भारदह टोलीहरुको सहभागिता रहेका थिए ।
कार्यक्रममा नेपाल भारत दुबै देशको झण्डा तौल्लन गरिएका थिए । झण्डा तौल्लन पधि दुबै देशको राष्ट्रिय गान गाएर नेपाल भारत मैत्री संधी अमर रहे नारा लगाएका थिए ।
कार्यक्रममा स्थानिय युवा नेता सत्यजित झाले ७० औं गणतन्त्र दिवशको शुभकामना दिदै कोशी कोलनीको बिकास तथा प्रर्वद्धना जोड दिन मा ध्यानआकर्षण गराएका थिए ।
भारतको ७०औँ गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीले राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन ।
सन्देशमा उनीहरुले दुबै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने बिश्वास व्यक्त गरेका छन ।