• img
  • img
img img img
Categories
शिक्षा

पहिलो पाईला नेपाल,विराटनगर शाखा द्वारा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण।

img

न्यूज १ नेपाल, मोरङ
१४-१०-२०७५, सोमबार।

समाजिक विकासका लागि स्थापित भएको पहिलो पाइला नेपाल विराटनगर शाखाले मोरङ जिल्लाको पथरी शनिश्चरेका एक सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

केही वर्ष अगाडि विभिन्न समस्याले थिचिएर लगभग शून्य स्थितिमा पुगिसकेको तथा बिद्यालय, बिधालय नै नरहने अवस्थामा रहेको पथरी शनिश्चरे नगरपालिका वार्ड नं ६ केचना स्थित श्री दुर्गा आधारभुत बिद्यालयलाई स्थानीयहरुको सक्रियता र केहि समाजसेवीहरुको पहलमा स्तरोन्नति गरि बिद्यालयलाई सुधारको बाटो तर्फ डोर्याइ सो क्षेत्र कै नमुना बिद्यालय बनाउने लक्ष्य राखी पुनः अध्यनन अध्यापन सुचारु गरिएको १९८ विद्यार्थीहरु रहेका यस बिद्यालयमा हाल अङ्ग्रेजी माध्यमबाट पढाई भैरहेको सोही बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार ३० छात्रछात्राहरुलाइ ब्याग सहित कापी कलम र अन्य १३० सम्पुर्ण छात्रछात्राहरुलाइ कापी कलम लागयतका अन्य शैक्षिक सामग्रीहरु वितरण गरिएको सस्थाका सचिव ओम राउतले बताउनु भयो ।
जर्मनीमा रहनु भएकी अर्चना देवानकी एक वर्षीय छोरी अरगिसा राइको जन्मदिनको अवसर पारि वहाँको सहयोगले पहिलो पाईला नेपाल विराटनगर शाखाको पहलमा विभिन्न ब्यातित्वहरु स्थानिय जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिको पदाधिकारीहरु, प्रधानाध्यापक र अभिभावकहरुले उपस्थितिका माझ वितरण गरिएको छ ।

जन्मदिनको फजुल खर्चलाइ नियन्त्रण गर्दै मानवीय, परोपकारी भावना राखी केही विद्यार्थीहरुको अध्यनमा टेवा पुगोस् भन्ने वहाँहरुको परोपकारी सोचले विद्यार्थीहरुको अध्यन अध्यापनमा केही मनोबल बढ्ने बिश्वास लिइएको संस्थाका सचिव ओम राउतले बताउनु भयो ।

img

Share:
Tags