• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

सरकारविरुद्ध कांग्रेसको देशभर लगाइत सप्तरीमा पनि प्रदर्शन

img

सप्तरी । माघ २१ गते मुलुक भरका ७७ वटै जिल्लामा सरकारविरुद्ध जनसभा र रेर्यालीगर्ने केन्द्रीय समितिको निर्देशनअनुसार नेपाली काँग्रेस सप्तरीले आज बिरोध प्रदर्शन गरेको छ ।

सरकारले महंगी नियन्त्रण गर्न नसकेको र बलात्कारीलाई सार्वजनिक गर्न नसकेको आरोप लगाउदै सदरमुकाम राजविराजमा बिरोध प्रदर्शन गरेका छन ।

बाइडवडी विमान खरिद काण्ड, चिकित्सा शिक्षा विधेयक, निर्मला पन्त हत्याको दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग राखेर कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

ओली सरकार चाहिँदैन, हत्या आतंकबन्द गर, कालोबजारी नियन्त्ररण गर, हत्यारालाई कारबाही गर, सरकारी अधिनायकबाद मुर्दावाद जस्ता नारा लगाउँदै राज रंङ्गशालाबाट शुरु भएको प्रदर्शन नगर परिक्रमा गरी नेता चौकमा गएर कोणसभामा परिणत भएको थियो ।

नेता चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काग्रेस संसद तेजुलाल चौधरीले बर्तमान सरकारले दुई तिहाईको दम्बमा देश चलाउन खोजेको आरोप लगाउँदै देशमा बलात्कार हत्या हिंसा नियन्त्रण हुन नसकेकोमा दुखद रहेको बताए ।

img

Share: