• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको श्रद्धाञ्जली सभामा मानव जनसागर

img

नेपालगञ्ज । स्वतन्त्र मधेश गठबन्धनका मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सभामा मानव जनसागर र्ओलेका छन ।

मधेशका बिभिन्न जिल्लावाट हजारौंको संख्यामा मधेशीहरु यादवको पार्थिक शरिरलाई श्रद्धान्जली दिनका लागी सभामा पुगेका छन ।

श्रद्धाञ्जली सभामा सहभागी हुन गएका सप्तरीका ५० जना तथा केही जिल्लाका उल्लेखिय संख्यामा प्रहरीले पक्राउ गरेका छन ।

तर प्रहरीले मानव जनसागरलाई देखेर राम मनोहरको शवलाई नियन्त्रणमा लिई ढिलो गरि सभा स्थानमा जानदिएका थिए ।

पाँच महिना अघि प्रहरी हिरासतमा यादवको मृत्यु भएको थियो ।

स्वतन्त्र मधेश गठबन्धाका नेता यादवलाई बर्दियावाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ के क्रममा प्रहरी द्वारा गरिएको कुटपिटमा उपचाररत अवस्थामा मृत्यु भएको छ ।

यादवको मृत्यु भएको पाँच महिना पछि आइतवार उनको लास परिवारजनले बुझेर सोमवार दाहासंस्कारको तयारी गरिए थियो ।

img

Share: