• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार स्वास्थ्य

मेरो पहिलो बच्चाको प्रशिक्षण सम्पन्न

img

राजविराज । समुन्नती कार्यक्रम अन्र्तगत “ मेरो पहिलो बच्चा ” सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित पब्लिक माध्यमिक बिद्यालय लौनिया ,तिलाठीमा आयोजित प्रशिक्षण कार्यक्रममा वडा नं। १ र २ का २० जना अनमी,महिला स्वयमसेवीकाहरुलाई सहभागि गराई प्रशिक्षण दिइएको सेभ द सप्तरीले जनाएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग र सेभ द सप्तरीले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सेभ द सप्तरीका स्वास्थ्य सुपरभाइजर मोनीका मिश्राले कसरी बच्चा जन्मनाईने, जनमिको बच्चा कसरी सुरक्षित राख्ने, बच्चा जन्मिएपछि के खानपान दिने,प्रजन्न सम्बन्धि बिभिन्न क्रियाकलापहरुको बारेमा स्थानिय स्वायम सेवीकाहरुलाई जानकारी दिएका हुन ।

प्रशासकीय अधिकृत राजु झाको प्रमुख अतिथियमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका वडा नं। १ र २ वडाका वडा अध्यक्ष तथा सम्पुर्ण पद्धाधिकारी तथा स्वास्थ्य इन्चार्ज र ४ जना आमा समुहका महिला तथा पब्लिक माध्यमिक बिद्यालय लौनिया ,तिलाठीका प्रअ प्रभाष झा लगायतका सहभागिता रहेको थियो ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेभ द सप्तरीका समुदायिक परिचालक काशिन्द्र खंग र मिठु झाले आयोजित कार्यक्रममा सहयोग गरेको थियो ।

त्यस्तै सेभ द सप्तरीका अध्यक्ष धुव्र देव र फिल्ड ओफिसर घुरण यादवको पनि सहभागिता रहेको थियो ।

img

Share: