सप्तरी । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजाआरधना गरी सप्तरीलगायत तराईका जिल्लामा पनि मनाइँदैछ।
सप्तरीको राजविराज स्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुको घुइँचो छ।
दशकपछि मन्दिरमा पहिलोपल्ट लघु रुद्रीसहितको हवनको कार्यक्रम आयोजना गरिएको छ भने सवालाख बत्ती बाल्ने कार्यक्रम पनि रहेको पूजा समितिका जानकारी दिए।
हरिनन्देश्वर महादेव मन्दिरमा सप्तकोशी नदीबाट जल ल्याई महादेवको मूर्तिमा चढाउने प्रचलन छ।
यसैगरी जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, कञ्चनरुप नगरपालिका स्थित भलुवा शिवपार्वती मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिर, हनुमाननगरको शिव मन्दिर, कंकालिनी मन्दिर भारदहमा रहेको शिवालय तथा फत्तेपुर स्थित शिवालयहरुमा पनि भक्तहरुको घुइँचो छ ।
आजैका दिन हिन्दुधर्मावलीहरु शिवरात्री उपवास समेत राख्ने चलन रहेको छ । यस्तो उपवास अविवाहित युवती तथा महिला बढी राख्ने गरिन्छ । धर्मशास्त्र अनुसार शिव जस्तो श्रीमान पाउने उद्देश्यले यो व्रत राख्ने चलन रहेको छ ।
आज सप्तरीको कंकालिनी मन्दिर मा अस्ट्याम तथा जागरण गर्ने कार्यक्रम बर्षौ बर्ष देखि गर्दे आएको केरा सघका अध्यक्ष ले बताएका छन ।