राजविराज । स्वतन्त्र मधेश गठबन्धन नयाँ अवतरण जनमत पार्टी प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।
सप्तरी जिल्लाको राजविराज साह धर्मशालामा सुरेन्द्र मधेशीको अध्यक्षता तथा जनमत पार्टीका केन्दीय सदस्य बिरेन्द्र यादवको प्रमुख अतिथिमा ८०० जनाको सहभागीमा प्रथम भेला सम्पन्न गरिएको छ ।
प्रथम भेलामा अगामी रणनिति तथा नगर, वडा स्तरिय संगठन बिस्तार गर्ने प्रमुख एजेण्डा प्रस्तुत गरिएका थिए ।
भेलामा स्वागत मन्तव्य श्याम यादव तथा बुदेश्वर मण्डल बिर गाथा कविता प्रस्तुत गर्दे सहभागीहरु लाई स्वागत गरेका थिए ।
भेलामा सरकार सँग गरिएको ११ बुँदा सम्झौतामा भएको शव्दको व्यख्या गर्दे राजनारायण यादव, चन्दन सिंह, महेश यादब, शुशिल मण्डल , गुलाब मण्डल, सुरेन्द्र मण्डल, पवन मण्डल धर्मनारायण यादव लगाएत सहभागीहरुले गठनबन्धन वाट जनमत पार्टीमा गएको रुपान्तरण मन्तव्य व्यक्त गरेका थिए ।
प्रथम भेलाका प्रमुख अतिथिका रुपमा आएका यादवले भने आठ जिल्लालाई बाइस जिल्लामा परिणत गर्न र जनमत संग्रह गराउनका लागी सरकार सँग ११ बुंदा सम्झौता गरिएको छ ।
जनमत पार्टीको मुख्य उद्देश्य नै जनताको मतवाट जनमत संग्रह गराउनु नै हो । गठबन्धन आफनो उद्देश्य प्राप्तीका लागी नै जनमत पार्टीको रुप लिएको हो आफनौ शव्दवाट व्यख्या गरेका थिए ।
भेलालाई सम्बोधन गर्दे सुरेन्द्र मधेशीले भने अव एउटा मात्र उद्देश्य संगठन बिस्तार गर्नु हो । संगठन बिस्तर गरी जनमत संग्रहको अगाह गर्नु हो ।
जिल्लाका प्रथम भेलालाई उद्देश्यमुखी मर्यादित जनतामुखी जनसहभागीहरुमा भएको दुविधालाई अन्त गर्नका लागी यो भेला सफतापूर्ण उदघोषन शंकर खडगा संचालनमा समापन्न भएको थियो।