• img
  • img
img img img
Categories
प्रदेश समाचार राष्ट्रीय समाचार

एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएको घटनाले बिद्यार्थी मोर्चा आन्दोलित

img

राजविराज । एसईई परिक्षाको प्रश्नपत्र बाहिरिएको घटनाको बिरुधमा संयुक्त बिद्यार्थी मोर्चा सप्तरीले टाइर बालि जुलुस प्रदर्शन एवम बिरोध सभा सम्पन्न गरेका छन ।

लगातार दोस्रो प्रश्नपत्र बाहिरिए पछि प्रदेश नं.–२ को एसईई परिक्षा रद्द गरिएकाले सम्पूर्ण बिद्यार्थी आन्दोलित भएका छन ।

विहानै देखि बिद्यार्थी एवं सरकार बिरुध नारावाजी तथा शिक्षा कार्यालय तोडफोड प्रर्दशन जारी गरेका छन ।

उक्त बिरोध सभालाई सम्बोधन गर्दे राष्ट्रिय बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले भने संघीय सरकारको षड्यन्त्र तहत संघियता समाप्त गर्न र प्रदेश नं.–२ लाई बदनाम गर्नका लागी एसर्ईई परिक्षाको प्रश्नपत्र बाहिरिएको हो । यस सम्पूर्ण जिम्मेवारी संघिय सरकारलाई लिनु पर्छ । संघिय सरकारको निगरानी र स्वामित्व रहेको शिक्षा प्रणाली यस्तो घटना घटनु सरकार पुर्ण अक्षमता हो । त्यसैले यसको दोषीको हो छानविन गरी कडा करर्वाही गर्नु र नैतिकताको आधारमा संघिय शिक्षा मंन्त्री राजिनामा दिनु पर्ने हो नदिएकाले राजिनामा माग गर्दछु ।

परिक्षार्थी बिद्यार्थीहरुको उज्जवल भविष्यको लागी शान्तिपूर्ण सहज बातावरण बनाउन लागी समेत संघिय सरकार र प्रदेश सरकार जोडदार सँग माग गरेका छन ।

सविफो नेपालका केन्द्रीय सचिवालय सदस्य मनिष कुमार यादव, राष्ट्रिय बिद्यार्थी संघका जिल्ला अध्यक्ष शम्भु यादव, नेविसंघका नेता रामचन्द्र यादव एवं नेता दिनेश शर्मा, नेता संजय कुमार, नेता दिलिप मण्डल लगाइत आफनो मन्तव्य व्यक्त गरेका थिए ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी