• img
  • img
img img img
Categories
प्रदेश समाचार शिक्षा समाचार

बिद्यालय भर्ना सम्बन्धि अन्तरक्रियात्मक बैठक

img

राजविराज । समुन्तिक कार्यक्रम अन्र्तगत अगामी शैक्षिक सत्र २०७६ को लागि बिद्यालय भर्ना सम्बन्धि गाउँपालिका स्तरीय अन्तरक्रियात्मक बैठक आज यहाँ सम्पन्न भएको छ ।

सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले सप्तरीको बिष्णपुर गाउँपालिकामा आयोजना गरिएको बिद्यालय भर्ना सम्बन्धि गाउँपालिका स्तरीय अन्तरक्रियात्मक बैठकमा बिद्यालय उमेर पुगेका र बिद्यालय बाहिर रहेका बालबालिकाहरुको बिद्यालयमा पहच हुनुपर्नेमा वक्तहरुले जोड दिएका छन ।

करिब ५० जना भन्दा बढी गाउँपालिका स्तरीय सरोकारबालाहरुको समावेशि रहेको अन्तरक्रियात्मक बैठकमा बाल संरक्षण नीति,बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई सत प्रतिशत बिद्यालयमा भर्ना गराउने बारे आवश्यक सलाह सुझाव सम्बन्धी छलफल भएको सभ द सप्तरीका फिल्ड औफिसर घुरण यादवले जानकारी दिनुभयो ।

बिष्णुपुर गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष बिन्देश्वर साहको अध्यक्षतामा सम्पन्न भएको बैठककमा गाउँपालिका १८ वटा बिद्यालयका प्रअ,शिक्षक,शिक्षिका,बिद्यालयका बालबिकास केन्द्रका सहजकर्ता , वडा अध्यक्ष ,बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वडा बाल संरक्षण समितिका प्रतिनिधि , बिभिन्न बालकलबका बालबालिका ,गाउापालिका शिक्षा संयोजक देवकुमार यादव लगायतकाको उपस्थित रहेको थियो ।

कार्यक्रममा स्वागत मंतब्य भने सेभ द सप्तरीका समदायिक परिचालक बिबेक चौरसियाले गर्नुभएको थियो ।

यसैबिच बिद्यालय पढने उमेर पुगेर बाहिर रहेका बालबालिकालाई अगामी शैक्षिक सत्र २०७६ मा सतप्रतिशत भर्ना गरिने सेभ द सप्तरीले जनाएको छ ।

img

Share: