• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

पहिलो पाईला नेपालको दोस्रो बार्षिकोत्सब सम्पन्न

img

बिराटनगर । समाजिक कार्यमा निरन्तर सक्रिय रहेको पहिलो पाईला नेपाल विराटनगर शाखाले आफ्नो दोस्रो वार्षिकोत्सब एक औपचारिक कार्यक्रम गरि मनाएको छ । २०७४ बैशाख १ गते स्थापना भए संगै देशै भरी नै विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आएको छ ।

पहिलो पाईला नेपालकी सस्थापक केन्द्रिय अध्यक्ष प्रतिभा जिसिको प्रमुख आतिथ्यता भएको कार्यक्रमका बिशिस्ट अतिथि विराटनगर जेसिसका उपाध्यक्ष तथा सक्रिय सामाजिक अभियन्ता अभिनाश थापा रहेका थिए भने कार्यक्रमको सभापतित्व पहिलो पाईला नेपाल विराटनगरका अध्यक्ष सुबास गौतमले गरेका थिए भने पुर्वका विभिन्न साखा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा सस्थाले गएको वर्ष भित्र गरेका कार्यहरुको समिक्षा तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थियो र सस्था भित्र रहि २०७५ मा उत्कृष्ट कार्य गर्ने तीन जनालाई विभिन्न विधामा क्रमश मनसुन भुजेल Best Performance Award, जेनिश दाहाल Best Activety Award र गित गौतमलाई Best regularity अवार्डले सम्मान गरेको छ ।

विगतका कमीकमजोरीहरु बाट पाठ सिक्दै आगामी दिनमा अझ ससक्त भएर सामाजिक सेवामा लाग्नुका साथै युवाहरुमा ब्याक्तित्व बिकाश गर्ने खालका कार्यक्रमहरु ल्याउने सस्थाका विराटनगर साखा सचिव ओम राउतले बताए ।

sp

img

Share:
img

ताजा अपडेट

क्याटोगरी