सप्तरी । सप्तरीको रुपनी गाउँपलिका स्थित कटैयामा क्षेत्रिय कार्यसमिति ४ द्वारा आयोजना काँग्रेसको जागरण अभियान सम्पन्न् भएको छ ।
जागरण अभियानका अध्यक्षता क्षेत्रिय सभापति रामप्रसाद मण्डल र स्वागत प्रदेश सभा सदस्य एवं उक्त क्षेत्रका सांसद मोहम्मद समिम
वक्तामा प्रतिनिधि सभा सदस्यका प्रत्यासी उम्मेदवार रामदेव साह, काँग्रेस सप्तरीका सभापति दिनेशकुमार यादवले संयुक्तमा गरेका थिए ।
जिल्लास्तरीय तथा क्षेत्रिय स्तरीय नेता तथा कार्यकर्ताहरुको ब्यापक उपस्थिती गरेको थियो । भने जागरण अभियान सञ्चालक काँग्रेसका यूवा नेता भुपेन्द्र यादव गरेका थिए ।
काँग्रेस नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. लिला संग्रौलाले : ओली सरकार काण्डै काण्डमा फँसेको छ, निर्मला काण्ड त सुनकाण्ड, सबै काण्डहरुको समाधान ओली सरकारले गर्न सकेको छैन । मधेसवादी भनेका दलहरु अब मधेसवादी रहेन, काँग्रेसले नै मधेसका माग अनुसार संविधान संशोधन गराउँछन् ।
केन्द्रीय सदस्य एवं अभियानकालागि सप्तरीका केन्द्रीय प्रतिनिधि महेन्द्र यादव : मधेसवादी भनेका दलहरु जनताको लाशमाथि राजनीति गरेर सत्तामा पुगेको छ । उनीहरु सतालिप्सा हुन् । मधेसमा पहाडीलाई गाली गर्ने उपेन्द्रहरु काठमाण्डौंमा उही पहाडीसँग बसेर सत्तामा डुब्छन् । यिनीहरुसित कुनै राजनीति सिद्धान्त छैन । लोकतन्त्रसमेत खतरामा रहेकाले आफूहरु लोकतन्त्र जोगाउन फाँसी चढ्नबाट पनि पछाडी हटनेवाला छैनौं । केन्द्र र प्रदेश २ सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लुम डुबेका छन् । प्रदेश २ को अझ नाम र राजधानी तोक्न सकेको छैन, के गरिरहेको छ, एनजिओ चलाएर मात्र बसेको छ र ?
काँग्रेस उपसभापति एवं प्रमुख अतिथि विमलेन्द्र निधी : पार्टीले थालेको जागरण अभियानलाई मजबुती हिसाबले बढाउन आफूहरु लागिपरेका छौं । सबै परिवर्तन र जनताको आकांक्षा अहिलेसम्म काँग्रेसकै नेतृत्वमा भएको छ । अहिले संविधान र पहिलो संशोधन पनि काँग्रेसकै नेतृत्वमा भएको छ । तर, पछिल्लो चुनावमा काँग्रेसलाई पराजित ब्यहोर्नुप¥यो । यसको बदला हामीले अब आउने चुनावबाट लिनुपर्छ ।
केपी ओली प्रधानमन्त्री भएदेखि संविधान विरोधी मात्रै काम गरेको छ । मधेसकोलागि त केही गरेन, पहाडकालागि पनि केही गरेको छैन । अब पहाडका जनता पनि कम्यूनिष्टलाई बुझिसक्यो ।
स्थापनाकालमा पार्टीको नाम मधेसी राखेर मधेसी समुदायलाई रिझाउने कथित मधेसवादी दलहरुलाई अहिले मधेसी नाम किन फँयाक्नुप¥यो ? यो सब देखावा मात्रै हुन् । मधेस–तराई, पहाड र हिमालका जनताहरुको सुखदुख बुझ्नै पार्टी नेपाली काँग्रेस मात्रै हुन् ।