काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न खोज्दा प्रमुख विपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ ।
युरोप घुमेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सरकारले संसद्मा पेश गरेको गुठीसम्बन्धी विधेयकसँगै आफ्नो युरोप भ्रमणबारे जानकारी गराउने कार्यसूची थियो
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेका थिए । तर सभामुखले उनीहरुलाई समय नदिई प्रधानमन्त्रीलाई बोल्न समय दिए ।
लगतै उनीहरुले रोष्टम घेराउ गरेका छन् । सांसद्हरुले रोष्टम घेराउ गरेपछि प्रधानमन्त्रीको सम्बोधन स्थगन गरेर सभामुखले बैठक स्थगित गरेका छन् ।
संसद्को अर्को बैठक भोलि बस्नेछ ।