कंचनरुप । कञ्चनपुरमा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ईलाकका प्रहरी कार्यालय कंचनपुरमा प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र ले प्रथम डिएसपी रुपमा आएकाले पत्रकार भेटघाट गरी पत्रकारहरुसंगको सहकार्यवाट ईलाकाभित्र हुने अपराधिक गतिविधी नियन्त्रण गर्न सकिने बताउँदै मिश्राले सामाजमा हुने अपराधिक गतिविधी निर्भिकताको साथ उजागर गर्न आग्रह गरे ।
यूवाहरुमा वढ्दै गएको लागुऔषध सेवन र ओसारपसार नियन्त्रण गर्ने, भ्रष्टचार अवैध गतिविधीलाई निरुत्साहित गर्न पत्रकारको सहकार्य हुनुपर्नेमा जोड दिदै प्रहरीले गरेको सकारात्मक कार्यलाई जनसमक्ष पु¥याउन सहयोग गर्न डिएसपी मिश्रले आग्रह गरे ।
जङ्गली हात्तीले जनमानसमा परेको भयत्रास आउन नदिन प्रहरी सक्रियताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले पत्रकारलाई सूचना दिन कन्जुसाई नगर्ने बताउदै एकजना सुचना दिने र अर्को जनताको गुनासो सुन्ने गरी दुईजना प्रहरी निरीक्षकलाई तोक्ने प्रतिवद्धता जनाए ।
पत्रकार भेटघाट कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुर क्षेत्र अन्र्तगतका विभिन्न सञ्चार माध्यममा आवद्ध डेढ दर्जन पत्रकारहरुको उपस्थिति थियो ।
सप्तरीमा ईलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पहिलोपटक कञ्चनपुर ईलाका प्रहरी कार्यालयले पाएको छ ।