• img
  • img
img img img
Categories
शिक्षा समाचार सहकारी

आन्तरिक लेखा परीक्षण तालिम सम्पन्न

img

सुनसरी । आरएमडीसी लघुबित्त बित्तीय संस्था लिमिटड. शाखाकार्यालय, इटहरीको आयोजनामा आन्तरिक लेखा परीक्षण सम्बन्धी २ दिवसीय तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ ।

उक्त तालिम मिति २०७६ आषाढ १६ देखि १७ गतेसम्म संचालन भएको थियो । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्र रहेका ३२वटा सहकारी संस्थाहरुका लेखा समितीका पदाधिकारी तथा संचालक समितीका ३२ जनाप्रतिनिधीहरुकोे सहभागीता रहेको थियो ।

तालिम कार्यक्रमको संचालन तथा संयोजकत्व आरएमडीसी ईटहरीकाशाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गर्नु भएको थियो । तालिमको उद्घाटन सत्रमा तालिमका उद्देश्य तथा महत्वबारे प्रष्ट पार्दै सहभागीहरुलाई स्वागत मन्तव्य पौडेल दिएका थिए ।

तालिम कार्यक्रमको सहजकर्ताको भुमिका प्रबन्धक बासुदेब लामिछानेले निर्वाह गर्नुभएको थियोे ।

उहाँले कुनै पनि बित्तीय संस्थाहरुको सफलतामा त्यस संस्थाको संस्थागत सुशासन पक्षको महत्वपूर्ण भुमिका रहेको हुन्छ भन्दै प्रशिक्षण सुरु गर्नु भएको थियो । प्रशिक्षक लामिछानेले लेखाको अवधारणा, उद्देश्य, लेखाका सिद्धान्त, आन्तरिक लेखापरिक्षणको धारणा, उद्देश्य तथा क्षेत्रहरु, आन्तरिक लेखापरिक्षणको तरिका, प्रक्रिया, सम्बद्ध पक्षहरु, आवश्यक बिबरणहरुको संकलन, ब्यवस्थापन तथा ध्यानदिनुपर्ने पक्षहरुकाबारेमा छलफल गर्नु भएको थियो ।

त्यस्तै सहकारी संस्थामा संचालक समितीको गठन, लेखा समितीको गठन, ती समितीहरुको काम, कर्तब्य र अधिकारहरुका साथै आन्तरिक लेखापरिक्षणको तयारी, प्रक्रिया, सम्बद्ध पक्षहरु, आवश्यक बिबरणहरुको संकलन, ब्यवस्थापन तथा ध्यानदिनु पर्ने पक्षहरु, सहकारी संस्थाहरुमा देखिएका बिसंगती/समस्यहरु,आन्तरिक लेखापरीक्षण प्रतिबेदनमा समावेश गर्नुपर्ने ब्यवस्थाहरु र आन्तरिक लेखाप्रतिबेदन तयारीहरुको प्रयोगात्मक अभ्यास तथा सामुहिक प्रस्तुती समेतगर्दै प्रशिक्षण दिनु भएको थियो । प्रशिक्षकले तालिमलाई सहभागीतामुलकबनाउनबिभिन्नविषयमा समूहगत प्रस्तुती गराउनु भएको थियो ।

दुई दिन सम्मचलेको उक्त तालिमको अन्त्यमा सहभागिहरुले आफुले तालिम मासिकेको कुरा व्यवहारमा उतार्ने वताएका थिए ।

img

Share: