• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

सप्तरीमा राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन कार्य शुरु

img

राजविराज । सप्तरी जिल्लाको राजविराजबाट सोमवारदेखि राष्ट्रिय परिचय पत्रकालागि विवरण सङ्कलन कार्य शुरु भएको छ ।
प्रतिनीधि सभा सदस्य, संविधानसभा सदस्य र राजनीतिक दलका प्रतिनीधिहरुबाट विवरण संकलन कार्य थालिएको हो । प्रमुख जिल्ला अधिकारी निवास परिसरमा रहेको सभागृहमा कार्यालय स्थापना गरी औपचारिक रुपमा उक्त कार्य शुभारम्भ गरिएको छ ।
प्रतिनीधि सभा सदस्य चन्द्रकान्त चौधरी र संविधान सभा सदस्य अशोक कुमार मण्डल राष्ट्रिय परिचयपत्रकालागि विवरण भरेर तस्वीर खिंचाउनुका साथै मेसिनमा औंठा छाप एवम् हस्ताक्षर गरेर कार्यक्रमको शुरुवात गरेका छन् ।


उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, नेपाली कांगेसका जिल्ला अध्यक्ष दिनेश यादव, समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगायतका व्यक्तिहरु सहभागी भएका छन् । प्राथमिक चरणमा असार महिनाभरी प्रचार–प्रसारको रुपमा लगिने तथा प्रतिनीधि सभा सदस्य, संविधानसभा सदस्य र राजनीतिक दलका प्रतिनीधि, स्थानीय तहका जनप्रतिनीधिहरुको विवरण संकलन गरिने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिएका छन् ।
उनका अनुसार भदौदेखि जिल्लाका सम्पूर्ण स्थानीय तहहरुमा राष्ट्रिय परिचय पत्र वितरण टोली पठाईने छ । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ स्थानीय तह रहेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी