हनुमाननगर । बाढीले बस्ती डुवान भएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढामा अझै उद्धार र राहत टोली पुग्न सकेको छैन् ।
टोली नपुग्दा बस्तीका ४ सय परिवारको जनजीवन कष्टकर बन्न पुगेको हो । चार दिनदेखि घर डुवान भएर सर्वसाधारणहरु त्रासपूर्ण अवस्थामा स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । तथापी स्थानीय सरकारदेखि जिल्ला दैवी प्रकोप उद्धार समिती लगायत सम्वन्धित क्षेत्रमा कार्यरत संघसंस्थाहरुको टोली हालसम्म ध्यान पुग्न सकेको छैन् ।
‘चार दिनदेखि बस्तीका सवैजसो घर डुबान भएको छ’ स्थानीय सितिया देवी यादवले भने–‘तर अझै कसैको ध्यान पुग्न नसक्दा त्रास र आशमा बस्दै आएका छन, यहाँका सर्वसाधारण ।’ उनले अझै पानी पूर्णरुपमा नरोकिएकोले आफुहरुमा त्रास बढेको बताए ।
‘बजारसम्म जाने अवस्था पनि नरहेकोले सर्वसाधारणहरुसँग रहेको खाद्यान्न पनि अब सकिने अवस्था आईसकेकाले आफुहरुलाई तत्काल उद्धार गरी सुरक्षित ठाउँमा पु¥याउन जरुरी छ’ उनले भने–‘तर नगरपालिकामा मोवाइलबाट सम्पर्क गर्दा आश्वासन पाएपनि केही व्यवस्थापन भने गरेको छैन् ।’