राजविराज । सप्तरीमा आज विहान मेघ गर्जनसँगै परेको चट्याङ्बाट ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर ३ का ३ का ५५ वर्षिय हरिहर चौधरी र हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ११ का ४५ वर्षिया शिवसती देवी पण्डितको मृत्यु भएको हो । खेतमा काम गरिरहेको अवस्थामा चौधरीको तथा खेतमा खाना पुप्याएर फर्किने क्रममा पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
चौधरीलाई उपचारकोलागि तत्कालै सप्तऋषी अस्पताल लहान लगेकोमा उपचारका क्रममा मृत्यु भएको छ । खेतमा काम गरिरहेका आफ्ना पतिलाई खेतमा खाना पुप्याएर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको मृत्यु भएको जनाईएको छ ।
त्यसै गरी तिलाठि कोईलाडी गाउपालिका १ बस्ने लक्ष्मण यादवको छोरी वर्ष १५ की पुनम यादव खेतमा काम गरिरहेको अवस्थामा अचानक चट्याङ् लागि निजको मृत्यु भएको ।
मौसमको अवस्था हेरी कामकाज गर्नु बाहिर खेतमा जान प्रहरीले सबै सचेत गराएका छन ।