• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

तिन दिवसिय कार्यक्रमका साथ पुष्पलालको ४१औ स्मृति दिवस मनाईदै

img

राजविराज । नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१औ स्मृति दिवस बृक्षारोपण, रक्तदान र बिचार गोष्ठिको आयोजना गरि तिन दिवसिय कार्यक्रमका साथ मनाईदै छ ।
पुष्पलालको स्मृति प्रतिष्ठान शाखा सप्तरीको अगुवाईमा मनाउन लागिएको तिन दिबसिय कार्यक्रम अन्तरगत आज मंगलवार बृक्षारोपण गरिएको छ ।


राजविराज स्थित के अ माविको परिसरमा बिभिन्न प्रजातीको ४१ वटा रुखहरु रोपिएको प्रतिष्ठानका सचिव निरन्जन झाले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष प्रताप नारनयण चौधरीको अध्यक्षतामा सम्पन्न बृक्षारोपण कार्यक्रमको शुभारम्भ नेकपा का केन्द्रिय सदस्य तथा सप्तरी अध्यक्ष अशोक कुमार मंण्डल अमरले गर्नुभयो । सो अबसमा नेकपा का प्रदेश कमिटि सदस्य भागवत यादव,जिल्ला कमिटि सदस्यद्दय प्रदिप मण्डल र अशोक कुमार यादव नेकपाबाट निर्वाचित वडा अध्यक्षद्दय संजय यादव र जयनारायण मण्डल नेकपा सप्तरीका नेता अब्दुल मजिद शागिर लगायतको उपस्थिति रहेको थियो ।


पुष्पलालको ४१औ स्मृति दिवसको दोस्रो दिन भोली बुधवार गजेन्द्र नारायण सिंह अस्पताल स्थित रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरिने प्रतिष्ठानका सचिव झाले दिनुभयो ।
यसैगरी तेस्रो दिन आगामि विहिवार जिल्ला समन्वय समितिको हलमा नेकपा स्थायी कमिसछ सदस्य तथा पूर्व मन्त्री सत्यनारायण मण्डलको प्रमुख आतिथ्यमा नेकपा र पुष्पलाल बिषयक बिचार गोष्ठिको आयोजना गरिने जानकारी समेत सचिव निरन्जन झाले दिनुभयो ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी