• img
  • img
img img img
Categories
प्रदेश समाचार समाचार

हिमाल, पहाड र तराई–मधेशको एकता कायम गरेर जनतालाई अधिकार सम्पन्न पार्न जोड:प्रदेश प्रमुख तिलक परियार

img

राजविराज । माक्र्सवाद–लेनिनवाद–माओवाद अध्ययन केन्द्र नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको २ दिने प्रशिक्षण कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारले मुलुकमा रहेका जनतालाई सुखी सम्पन्न पार्न सबैमा एकता कायम गरेर अघि बढ्नुपर्ने सुझाव व्यक्त गरेका छन् । उनले यस्तो सुझाव व्यक्त गरेका हुन् । ‘मुलुकमा जातिय, वर्गीय, क्षेत्रीय, लिङ्गिय एकताको खाँचो छ’ उनले भने–‘यी कुराहरुको आधारमा हिमाल, पहाड र तराई–मधेशमा देखिएका समस्यालाई समाधान गरी एकता कायम गर्ने विषयमा सबैले गम्भिरतापूर्वक लिएर अघि बढ्नु आवश्यक छ ।’


हिमाल, पहाड र तराई–मधेशको एकता कायम गरेर जनतालाई अधिकार सम्पन्न पार्न सबैले आफ्नो दायित्व वुझेर काम गर्नुपर्नेमा उनले जोड दिएका हुन् । ‘वैचारिक, राजनितिक र वैज्ञानिक ढंगले यी सवै कुराहरुमा एकता कायम गर्न सकियो भने शोषित, पीडित, उत्पीडित र श्रमजीवी जनता पनि मालिक सरह जीवनयापन गर्छन्’ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश प्रमुख परियारले भने–‘यसकालागि एकजुट भएर अघि बढ्नुको विकल्प पनि छैन् ।’
पूर्व सिंचाई मन्त्री उमेशकुमार यादवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडा अध्यक्ष खगेन्द्र मण्डलले शुभकामना मन्तव्य व्यक्त गरेको थियो । २ दिने प्रशिक्षण कार्यक्रममा प्रशिक्षकहरु सुरेन्द्रकुमार कार्की ९राम कार्की०, डा।विजय पौडेल, लेखनाथ न्यौपाने, रोशन जनकपुरी र रामराज रेग्मीले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

img

Share:
img

ताजा अपडेट

क्याटोगरी