जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ का पर्यटकीय ठाउँ संघीय सरकारका कारण ओझेलमा परेको बताएका छन् । विगतमा सरकारको उदासिनताका कारण यस प्रदेशका पर्यटकीय क्षेत्रहरुको विकास हुन नसकेको उल्लेख गर्दै संरक्षण, सम्बर्धन अभावमा पनि पर्यटकीय ठाउँहरु आझेलमा परेको बताएका हुन् ।
शुक्रबार नेपाल भ्रमण वर्ष २०२० को जिल्ला स्तरीय समनव्य समितिको भेलालाई सम्बोधन गर्दै संघीय सरकारका कारण तराई–मधेशको विभिन्न पर्यटकीय ठाउँ प्रचार एवं विकास अभावमा अनेझेलमा परेको मुख्यमन्त्री राउतले बताएका हुन् ।
प्रदेश भित्र रहेको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक सम्पदाहरुको पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीरतापुर्वक विकास गरिरहेको उल्लेख गर्दै संघीय सरकारद्धारा ओझेलमा परेको सबै पर्यटकीय ठाउँको विकास गर्ने जिम्मेवारी प्रदेश सरकारको रहेको उनले बताए । भ्रमण वर्षका पदाधिकारीहरु लाई सक्रिय भएर काम गर्न आग्रह गर्दै प्रदेश २ धार्मिक मात्र नभई अन्य हिसाबले पनि प्रमुख पर्यटकीय ठाउँ रहेको उनले दावी गरे ।
‘हिन्दु, इस्लाम, बौद्ध, ज्रैन र शिख लगायत धर्मावलम्बीहरुका पनि थुप्रै धार्मिक स्थलहरु यसै प्रदेशमा छन,’उनले भने, ‘त्यसको प्रचार प्रसार हामीले गर्नु पर्दछ । राम्रो प्रचारप्रसार एवं संरक्षण, सर्वधन भए पर्यटकीय क्षेत्रमा हामी ठूलो फडको मार्छौ ।’ मुख्यमन्त्री स्वच्छता अभियान बारे उल्लेख गर्दै जानकी मन्दिर बाटै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासको काम शुरु गरी सकारात्मक सन्देश दिएको उनको भनाई छ ।
चालु वर्षदेखि नै प्रदेश सरकारले गुरु योजना बनाएर सप्तरीको सखडा मन्दिर , सिरहाको सलहेस फुलवारी, महोत्तरीको रौजा मजार, पर्साको भिष्वा डाडा सहितको स्थानमा विकास निर्माण एवं प्रभार प्रसारको काम थलानी गरिसकेको उनले बताए ।